कान्ति बाल अस्पतालले लापरबाही गरेको सर्वोच्चको ठहर
काठमाडौं: कान्ति बाल अस्पताललाई ३० लाख क्षेतिपूर्तीको सजाय सुनाएको छ । अस्पतालले एक बालकलाई गलत खोप दिएर चिकित्सकिय लापरवाही गरेको मुद्धामा अदालतले यस्तो आदेश दिएको हो ।
न्यायाधीश हरिप्रसाद फुयाँल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अस्पतालविरुद्धको मुद्धामा फैसला गरेको हो । श्वासप्रश्वासमा समस्या भएर कान्ति बाल अस्पतालको इमर्जेन्सीमा उपचार गर्न पु¥याइएका ८ महिनाका बालक आलोक बराललाई गलत सुइ दिँदा क्षति पुगेको भन्दै उक्त रकम भराउन आदेश दिइएको छ। २०७३ साल असार २२ गते ती बालकलाई उपचारका लागि कान्ति अस्पतालको इमर्जेन्सीमा लगिएको थियो।
त्यही राति अर्कै बालकका लागि तयार पारिएको उक्त खोप आलोकलाई लगाइएको थियो। त्यसपछि बच्चामा सास फेर्न गाह्रो हुने, दिसा, पिसाब चुहिने जस्ता लक्षणहरु देखिएको थिए। त्यसपछि पीडित बालकका बुबा ध्रुवकुमार विश्वकर्मा अस्पतालबिरुद्ध अदालत पुगेका थिए । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंको तर्फबाट डा आयुष्मा रेग्मीले तयार गरेको प्रतिवेदनमा पनि अस्पतालले लापरवाही गरेको उल्लेख छ ।
Share on Twitter