मिटरब्याज सम्बन्धी बिधेयक राष्ट्रिय सभाबाट पुनः पारित
काठमाडौं : मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०८०’ राष्ट्रिय सभाले पुनः पारित गरेको छ । राष्ट्रिय सभामा उत्पत्ति (५ असार २०८० मा दर्ता) भएको यो विधेयक १५ असार २०८० मा पारित भएर प्रतिनिधि सभामा गएको थियो ।
३१ असार २०८० मा प्रतिनिधिसभाले संशोधनसहित पारित गरेको विधेयकलाई बिहीबार राष्ट्रिय सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो । अब राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रमाणित गरेर राष्ट्रपतिकहाँ पठाउनेछन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिन्छ र कार्यान्वयनमा आउनेछ ।
Share on Twitter