मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी
काठमाडौं :नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।
केन्द्रीय बैंकलाई लचिलो नीति लिन अर्थमन्त्री डा. प्रकाश शरण महतले पटक पटक आग्रह गर्दै आएको बताएका छन् । यता केन्द्रीय बैंकले पनि केही लचक नीति लिने संकेत गरेको छ ।
मौद्रिक नीतिमा नियामकीय नीतिभन्दा पनि बाह्य क्षेत्रमा भएको सुधारलाई कायम राख्ने गरी मौद्रिक उपकरणमा लचकता अपनाउन सक्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।
Share on Twitter