द पाण्डामिक फण्डका लागि नेपालले राखेको प्रस्ताव छनौट
काठमाडौं: महामारी कोष (द पाण्डामिक फण्ड) का लागि नेपालले राखेको प्रस्ताव छनौट भएको छ ।
महामारी सम्वन्धी पूर्व तयारीलाई बलियो बनाउन नेपालले राखेको (स्ट्रेन्थेनिङ पाण्डमिक प्रिपेडनेश फर अर्लि डिटेक्सन इन नेपाल एसपीइइडी) प्रस्ताव छनौटमा परेको स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
नेपालले प्रस्तावमा काम गर्न पाउने पक्का भएपनि कति रकम पाउने भन्ने निश्चित भइसकेको छैन । सन् २०२२ को सेम्टेम्बर महिनामा इन्डोनेसियाको बालीमा भएको जी २० राष्ट्रका अर्थ मन्त्रीहरुको बैठकले स्थापना गरेको महामारी कोष (पान्डामिक फण्ड)मा नेपालले प्रस्ताव पेश गरेको थियो ।
पौडेलका अनुसार जी २० राष्ट्रहरुले स्थापना गरेको भएपनि यसको सञ्चालन विश्व बैंक, विश्व स्वास्थ्य संगठनका दाताहरु र विभिन्न गैर सरकारी संस्थाहरु मार्फत सञ्चालन हुनेछ ।‘यो फण्ड कुल ३ ३८ मिलियन डलरको थियो । यसका लागि १८० वटा प्रस्तावा गएको थियो । जसमा कुल रकम २.५ विलियन डलर पुगेको थियो । तर नेपालको प्रस्तावना यसमा छनौट हुन सफल भएको छ,’ डा पौडेलले भने ।
Share on Twitter