सिन्सियाङ मेडिकल विश्वविद्यालयका नेपाली र भारतीय चिकित्सकहरूको पुनर्मिलन
काठमाडौँ:चीनको हेनान प्रान्तस्थित सिन्सियाङ मेडिकल विश्वविद्यालय (XXMU) मा सन् 2001 देखि एमबीबीएस अध्ययन प्रारम्भ गरेका नेपाली र भारतीय विद्यार्थीहरूको २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन समारोह बुढानिलकण्ठ काठमाडौँमा भएको छ।
कार्यक्रमका मुख्य अतिथि चीनका उपप्रमुख दूतावास प्रमुख (Deputy Chief of Mission) श्री Wang Xin, विशिष्ट अतिथि डा. मनोज मान श्रेष्ठ तथा संरक्षक डा. सुनिल शर्मा उपस्थित रहनु भएको थियो । विदेशी भूमिमा शुरू भएको मित्रता र पेशागत यात्राका स्मृतिहरू पुनः एक ठाउँमा एकत्रित भएपछि कार्यक्रम अत्यन्तै भावनात्मक र उत्साहपूर्ण बनेको सहभागीहरूले बताएका छन्।
समारोहमा प्रतिष्ठित शिक्षक तथा सहकर्मीहरूको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम समावेश गरिएको थियो। स्वास्थ्य क्षेत्रका मात्रै नभई विभिन्न नेतृत्व भूमिकामा सक्रिय चिकित्सकहरूलाई पनि विशेष सम्मान गरिएको थियो।
सम्मानित व्यक्तित्वहरूमा—
• डा. अशोक कुमार राई, पूर्व निर्देशक, नागरिक अस्पताल, भक्तपुर
• डा. शशि शर्मा रिजाल, पूर्व निर्देशक, पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल, गौठगाउँ
• डा. बिपिन अधिकारी, अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता
• डा. रमिल अधिकारी, न्युजिल्यान्ड पर्यटनका ब्रान्ड एम्बेसडर
• डा. अरुण गुप्ता, मेडिकल सेवा निर्देशक, शिर मेमोरियल अस्पताल, भक्तपुर
• प्रो. डा. प्रकाश काफ्ले, काठमाडौँ विश्वविद्यालयका पूर्ण प्राध्यापक (न्यूरोसर्जरी)
• प्रो. डा. राजेश नेपाल, पूर्ण प्राध्यापक (कार्डियोलोजी), काठमाडौँ विश्वविद्यालय; पूर्व निर्देशक, एम.एन.सी.टी.एच.; हालका प्रिन्सिपल, नोबेल मेडिकल कलेज, बिराटनगर
• डा. तेजेन्द्र कार्की, अध्यक्ष, नेपाल रेडियोलोजिस्ट एशोसिएशन
• डा. सुनिल कुमार शर्मा,
उनीहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योगदानले सिन्सियाङ मेडिकल विश्वविद्यालय (XXMU ) बाट अध्ययन पूरा गरेका चिकित्सकहरू स्वास्थ्य क्षेत्रको अग्रपंक्तिमा रहेको प्रमाणित भएको आयोजकहरूले बताएका छन्। समारोहको समापनमा आयोजक समिति—संयोजक अध्यक्ष डा. तेजेन्द्र कार्की र संयोजक सचिव प्रा. डा. प्रकाश काफ्ले—ले सबै अतिथि, शिक्षक, चिकित्सक, सहकर्मी तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दै यस पुनर्मिलनलाई “साझा यात्रा, साझा पहिचान र एकै परिवारको ऐतिहासिक पुनर्मिलन” को रूपमा घोषणा गरेका छन्। सहभागीहरूको भनाइअनुसार, २५ वर्षपछि भएको यो भेटघाटले विदेशमा बिताएका अध्ययन वर्षका चुनौती, सम्झना र मित्रतालाई पुनः जीवित बनाउँदै चिकित्सक समुदायबीचको एकता र सहकार्यलाई अझ मजबुत बनाएको छ।
Share on Twitter