नेशनल ग्यास्ट्रो लिभर सेन्टरले विशेषज्ञ सेवा शुरु गर्यो
काठमाडौं:ललितपुरको लगनखेलमा आज नेशनल ग्यास्ट्रो लिभर सेन्टर को भव्य उद्घाटन भएको छ। आधुनिक सुविधाहरू र दक्ष चिकित्सकहरूको टोलीसँगै सञ्चालनमा आएको यो केन्द्रले पेट, आन्द्रा र कलेजोसम्बन्धी रोगहरूको उपचार एकै स्थानमा उपलब्ध गराउने लक्ष्य अघि सारेको छ।
उद्घाटन कार्यक्रममा स्थानीय समुदाय र स्वास्थ्यकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो। केन्द्रमा उपलब्ध प्रमुख सेवामा एआई(सहायित छिटो निदान, उन्नत एन्डोस्कोपी, कलेजो र पित्तथैलीका रोगहरूको उपचार र नियमित परामर्श सेवाहरू रहेका छन्। यसका अलावा, भविष्यमा कार्डियोलोजी र स्त्रीरोगका अन्य विशेषज्ञ सेवा पनि विस्तार गर्ने तयारी गरिएको ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा शेखर पौडेलले बताएका छन् । यस केन्द्रले गुणस्तरीय, सुरक्षित र सबैका लागि सजिलै उपलब्ध स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास लिइएको छ।
NGLC लाई ‘उत्कृष्टताको क्लिनिक’का रूपमा विकसित गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको हो। केन्द्रमा उपलब्ध हुने प्रमुख सेवाहरू यसप्रकार छन्—
• एआई–सहायित छिटो र शुद्ध निदान सेवा
• उन्नत एन्डोस्कोपी सुविधा
• कलेजो, पित्तथैली र प्यान्क्रियाससम्बन्धी रोगहरूको विशेषज्ञ उपचार
• हेपटाइटिस र सिरोसिस व्यवस्थापन •
नियमित परामर्श तथा क्लिनिक सेवा •
फार्मेसी सेवा साथै, निकट भविष्यमा कार्डियोलोजी, स्त्रीरोग तथा प्रसूति (OBG) लगायतका अन्य विशेषज्ञ सेवा विस्तार गर्ने तयारी गरिएको छ। विशेषज्ञ चिकित्सकद्वारा नेतृत्व: केन्द्रको नेतृत्व ग्यास्ट्रोएन्टेरोलोजिस्ट तथा ट्रान्सप्लान्ट हेपाटोलोजिस्ट डा. शेखर पौडेलले गरेका छन्। उनका अनुसार NGLC ले गुणस्तरीय, सुरक्षित र सबैका लागि सजिलै उपलब्ध हुने स्वास्थ्य सेवा प्रदान गर्दै राजधानी उपत्यकामा पाचन तथा कलेजो उपचारका लागि एक विश्वसनीय केन्द्रका रूपमा स्थापित हुने विश्वास लिइएको छ।सुविधासम्पन्न पूर्वाधार, आधुनिक डिजाइन, सहज पहुँच र व्यक्तिगत हेरचाहमा आधारित सेवा यस केन्द्रका मुख्य आकर्षण हुने बताइएको छ।
Share on Twitter