नारायणगढ–मुग्लिन सडकखण्ड दुईतफी
काठमाडौं; नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिकामा–५ मा पर्ने तुइन खोलामा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहीबार हिजो राति साढे १० बजेदेखि सडक दुईतर्फी नै सुचारु भएको हो ।यही असोज ७ गते मंगलबार करिब साढे ४ बजेदेखि सो सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो ।
हिजो राति साढे १० बजे पहिरो पन्छाउने काम सकिएलगत्तै सडक दुईतर्फी नै सुचारु भएको हो । पहिरो पन्छाएसंगै लामो जाममा रहेका सवारीहरु गन्तव्यमा लागेका छन् ।
Share on Twitter