विरगञ्जमा फैलीएको हैजा नियन्त्रणमा चुनौति
काठमाडौं: विरगञ्जमा फैलीएको हैजा नियन्त्रणमा चुनौति देखिएको छ । पिउने पानीमा मिसिएको दूषित ढलका कारण जिल्लाभर हैजाको प्रकोप फैलिएको बताइएको छ ।
एक महिनादेखि जारी समस्याका कारण अहिलेसम्म १ हजार ५८७ जना बिरामी अस्पताल पुगिसकेका छन् । अहिले ५ जना बिरामीको आईसीयू र दुईजनाको एचडीयूमा उपचार भइरहेको छ ।
त्यस्तै २८ जनाले जनरल वार्डमा उपचार गराइरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।पछिल्लो २४ घन्टामा २० जना हैजा संक्रमित थपिएका छन् । पर्सामा ६ भदौमा पहिलो पटक झाडापखालाका बिरामी देखापरेका थिए । तर एक महिना बितिसक्दा हैजा संक्रमितको संख्या घट्न नसकेको नारायणी अस्पतालका प्रमुख डा. चुमनलाल दासले बताउनुभयो ।
Share on Twitter