बिर्सनु सामान्य हो कि अल्जाइमरको संकेत?
काठमाडौ: अल्जाइमर रोग एक प्रकारको न्यूरोलोजिकल (तंत्रिका तन्तु प्रणाली) विकार हो जसले मस्तिष्कका कोशिकाहरूलाई हानि पुर्याउँछ । यसले स्मरण शक्ति, सोच्ने क्षमता लगायत मानिसको व्यवहारलाईर् असर पार्ने काम गर्छ । यस्ता प्रकारका कुनै पनि समस्या देखिएमा तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्दछ । यद्यपी अहिलेसम्म यो रोग निको पार्ने औषधि पत्ता लागेको छैन ।
अल्जाइमर रोगका मुख्य लक्षणहरू यस्ता छन् :
स्मरणशक्ति कमजोर हुनु – सानो–सानो कुरा बिर्सनु, जस्तै कसैको नाम वा हालैको कुरा सम्झन सक्नु नहुने।
सोच्न र बुझ्नमा समस्या – निर्णय गर्न गाह्रो हुनु, जटिल समस्याहरू समाधान गर्नमा कठिनाई।
भ्रम र दिशाहीनता – समय र स्थानको भान नहुनु, आफ्ना वरिपरिको वातावरणसँग अनजान हुनु।
भावनात्मक अस्थिरता – मूडको उतारचढ़ाव, चिन्ता, डिप्रेसन।
सामाजिक सम्लग्नतामा कमी – पहिले गर्न रुचाएका कामहरू गर्न नचाहनु वा समाजबाट अलग बस्न चाहनु।
अल्जाइमर रोगको पूर्ण उपचार हालसम्म छैन, तर यसका लक्षणहरूलाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ। यसका लागि औषधिहरू र थेरापीहरू प्रयोग गरिन्छ जसले रोगको प्रगति ढिलो बनाउन र व्यक्तिको जीवनको गुणस्तरलाई सुधार गर्न मद्दत पुर्याउन सक्छ।
Share on Twitter