मुग्लिन–नारायणगढ सडकखण्डको पहिरो पन्छाउन सुरु
काठमाडौं: मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउने काम सुरु भएको छ । ढुंगा झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
थप पहिरो नझरे सवारी आवागमन सञ्चालनमा ल्याउन सकिने डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलानेर शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।
तुइन खोला मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ पर्दछ । सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएकाले वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिएको छ । उसका अनुसार विकल्पमा नौबिसे–दामन–हेटौंडा र मुग्लिन–भिमाद–डेढगाउँं–गैंडाकोट अर्थात् कालीगण्डकी करिडोर प्रयोग गर्न सकिन्छ ।
Share on Twitter