“नेपाल हाईअर एजुकेसन फेयर”को आज अन्तिम दिन विद्यार्थिको उत्साहजनक सहभागिता
काठमाडौँ “स्वदेशमै शिक्षा सबैको ईच्छा “भन्ने मूल नाराका साथ “नेपाल हाईअर एजुकेसन फेयर” को आज दोश्रो दिन पनि विद्यार्थिको उत्साहजनक सहभागिता रहेको छ ।
मेलामा विद्यार्थिले एकै स्थानमा कुन विषय कहाँ पढ्ने कति समय र खर्च कति लाग्छ भन्ने सहजै थाहा पाएकोमा खुसि देखिन्छन ।
भिजन मिडियाको व्यवस्थापन र एजुकेसन डट कम को आयोजनामा संचालन रहेको मेला होटल एभरेस्टमा वानेश्वरमा चलिरहेको छ ।
करिव ३० हजार अवलोकनकर्ताको अपेक्षा राखिएको मेलाको आकर्षणको रुपमा फुड स्टल, पव जि स्टल, म्युजिक, मुभि टिकट सहित मनोरन्जनात्मक कार्यक्रमको पनि प्रवन्ध मिलाईएको फेयर संयोजक तारामान रावलले जानकारी दिनुभयो ।
Share on Twitter