इरानका नवनियुक्त सेना कमान्डरलाई मारेको इजरायलको दाबी
इरानका शीर्ष सैन्य अधिकारी मेजर जनरल अली शादमानीको इजरायली हमलामा मृत्यु भएको छ । इरानको सेनाले शादमानीको मृत्यु भएको पुष्टि गरेको हो ।
शादमानी इरानको खात्म–अल–अनबिया हेडक्वार्टर्स अर्थात् सैन्य आपत्कालीन कमान्डका प्रमुख थिए । उनी चार दिनअघि मात्रै यो पदमा नियुक्त भएका थिए । उनलाई इजरायली हमलामा मेजर जनरल गुलाम अली रासिद मारिएपछि सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईले यो पदमा नियुक्त गरेका थिए ।
तेहरानमा इजरायलले सोमबार राति गरेको हमलामा उनी मारिएका हुन् । आईडीएफको गुप्तचर निकायको सूचनाका आधारमा गरेको हमलामा उनी मारिएको इजरायली सेनाले दाबी गरेको छ ।
Share on Twitter