भारतको बीएलके म्याक्सले काठमाडौंमा गर्यो कन्टिन्युइङ मेडिकल एजुकेशन कार्यक्रम
काठमाडौं: भारतको प्रतिष्ठित बीएलके म्याक्स सुपर स्पेशलिटी हस्पिटल बीएलके म्याक्सले काठमाडौंमा कन्टिन्युइङ मेडिकल एजुकेशन कार्यक्रम गरेको छ । होटल हिल्टन नक्सालमा भएको कार्यक्रममा बीएलके म्याक्स सुपर स्पेशलिटी हस्पिटलका कलेजो प्रत्यारोपण सर्जन डा.अभिदीप चौधरी(उपाध्यक्ष तथा विभागीय प्रमुख) ले “कलेजो प्रत्यारोपणमा हालसालै भएका प्रगति ’’ (Recent Advances in Liver Transpnantation ) शीर्षकमा प्रस्तुतिकरण गरेका थिए ।
उनले कलेजो प्रत्यारोपण सम्बन्धी पछिल्ला वैज्ञानिक प्रगतिहरू, न्यून आक्रमणकारी प्रविधिहरू, सफलता तथा पोस्ट–ट्रान्सप्लान्ट म्यानेजमेन्टका विषयमा विस्तृत जानकारी दिएका थिए । लिभर ट्रान्सप्लान्ट सोसाइटी अफ इन्डियाका President Elect समेत रहेका चौधरीले २००० भन्दा बढी कलेजो प्रत्यारोपण सफतापूर्वक गरेका छन् ।
चिकित्सा पेशामा संलग्न चिकित्सकहरूलाई नवीनतम उपचार विधि, अनुसन्धान, तथा अन्तर्राष्ट्रिय अभ्यासहरूबारे जानकारी गराउनु मुख्य उद्देश्य रहेको बीएलके म्याक्स सुपर स्पेशलिटी हस्पिटलका तर्फबाट नेपालका लागि म्यानेजर सबिन कार्कीले बताए ।
नेपालका चिकित्सा क्षेत्रका विज्ञहरूसँग भारतका विशेषज्ञहरूबीच अनुभवको आदान–प्रदान गराउने प्लेटफर्मको रूपमा कार्यक्रम प्रभावकारी बेनेको उनको भनाइ छ । कार्यक्रममा नेपाल र भारतबीचको स्वास्थ्य सेवामा सहकार्य गर्ने बिषयमा समेत छलफल भएको थियो ।
कार्यक्रममा नेपाली स्वास्थ्य क्षेत्रमा कार्यरत क्लिनिकल तथा ट्रान्सप्लान्ट हेपाटोलोजी, ग्यास्ट्रोएन्टेरोलोजी, लिभर रोग, ग्यास्ट्रोइंटेस्टाइनल (GI) तथा हेपाटो–प्यान्क्रियाटो–बिलियरी (HPB) सर्जरी, लिभर ट्रान्सप्लान्ट लगायत विभिन्न विशेषज्ञता क्षेत्रमा कार्यरत चिकित्सकहरूको उल्लेखनीय उपस्थिति थियो। साथै, आन्तरिक चिकित्सा, ग्यास्ट्रोएन्टेरोलोजी, र सर्जिकल विभागका अनुभवी चिकित्सकहरू पनि सहभागी थिए।
Share on Twitter