डा भण्डारीको संयोजनमा शान्तिनगरमा विशेषज्ञ स्वास्थ्य शिविर

काठमाडौ: अंग्रेजि नया वर्षको अवसरमा बरिष्ठ अर्थोपेडिक सर्जन तथा अर्थोपेडिक अस्पताल जोरपाटीका निर्देशक डा कैलास भण्डारीको संयोजनमा काठमाडौ ३१ शान्तिनगरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । फ्रन्टलाईन अस्पताल र दावाली मिलन क्लव काठमाडौको संयुक्त आयोजनामा भएको निशुल्क सिविरमा २५० वढी स्थानियवासिले सेवा लिएका थिए। स्थानिय सिदेश्वर माविमा भएको सो सिविर वडा नं ३१ को सहकायर्मा सम्पन्न भएको हो ।
अर्थोपेडिक अस्पताल जोरपाटी, फ्रन्टलाईन अस्पताल र सिभिल अस्पताल बानेश्वरका विशेषज्ञ चिकित्सकहरुले सेवा दिएको संयोजक डा भण्डारीले जानकारी दिए ।
स्वास्थ्य शिविरमा जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी रोग, प्रसुती रोग, छाला रोग, क्यान्सर रोग, आँखा रोग, मुटु रोग, मुख तथा दाँत रोग, बाल रोगको सेवाहरु उपलब्ध रहेका थिए । डा भण्डारीले नयाँ वर्षमा नयाँ काम गरौँ र समाजलाई सहयाग गरौँ भन्ने भावनासहित शिविर सञ्चालन गरिएको बताए । उनले काठमाडौं बाहिर निःशुल्क स्वास्थ्य शिविर राखेपनि काठमाडौं उपत्यकामा लक्षित गरी अहिले शिविर सञ्चालन गरेको जानकारी दिए ।
सुकुम्बासी र निम्न वर्गका नागरिकहरुका लागि समाजप्रतिको दायित्व निर्वाह गर्न स्वास्थ्य शिविर राखेको बताए । पछिल्लो समय नकारात्मकता बढी फैलिरहेको अवस्थामा समाजमा सकारात्मक उर्जा दिन कार्यक्रम राखिएको र महिनामा दुई पटक शिविर सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए । शिविरमा वडा नं ३१ का वडाध्यक्ष सरोज ढकाल, बागमति प्रदेश आन्तरिक मामिला मन्त्री सुरज चन्द्र लामिछाने लगायतको उपस्थिती रहेको थियो ।