लमहीमा अत्याधुनिक सर्जिकल स्टोर संचालनमा ।
दाङ्ग २१ असोज
शल्यक्रियाका लागि आवश्यक प्रर्ने तथा चिकित्साजन्य सामाग्री अब दाङ्ग जिल्लाको लमही बजारमै उपलव्ध हुने भएको छ ।
आज एक कार्यक्रमका विच लुम्विनी प्रदेश सभा सदस्य माननिय इन्द्रजित थारुले मेडिकेम सर्जिकल डिस्ट्रिव्युटको उद्घाटन गर्नुुभएको हो ।
स्टोरको उद्घाटन सत्रमा वोल्दै उहाँले यस क्षेत्रका साथै आसपासका क्षेत्रमा मेडिकल सामाग्रीको सहज उपलव्धता हुनेमा खुसी व्यक्त गर्दै सफलताको शुभकामना दिनुभएको छ ।
५० लाखको लगानीमा संचालनमा ल्याईएको होलसेल स्टोरमा सुपथ मुल्यमा सर्जिकलका सम्पुर्ण अत्याधुनिक सामान उपलव्ध हुने संचालकले बताउनुभयो ।