सत्याग्रह सुरु गर्ने डा. गोविन्द केसीको चेतावनी
काठमाडौं: चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोग आफैले
कर्मचारी भर्ना प्रकृया यथासक्य चाँडो नगरे सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै उनले आयोग शिक्षा मन्त्रालयको एउटा शाखाको रुपमा सन्चालन भएको आरोप लगाएका छन् । उनले वर्तमान कार्यकारी उपाध्यक्ष र पदाधिकारीले ऐनमा उल्लेख भए अनुसार आफ्नै कर्मचारी क्रमशः राख्न छोडेर भएका कर्मचारीलाई सरुवा गरी भ्रष्ट कर्मचारीलाई लैजाने प्रकृया रहेको आरोप लगाएका छन् ।
ऐनमा प्रावधान भए बमोजिम क्रमशः आयोगको आफ्नै कर्मचारी नियुक्त गर्ने प्रक्रिया यथासक्य चाँडो सुरू नगरी ऐनद्वारा स्वायत्त निकायका रुपमा स्थापित संस्थालाई मन्त्रालयको एउटा शाखाको रुपमा परिणत गरी अहिलेसम्म चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा आयोगले गरेको सुधारका कार्यहरू सुनियोजित ढंगले उल्टाउने प्रयास भएको उनको आरोप छ ।
आयोगका पदाधिकारीहरुले एनको मर्म अनुरुप काम नगरेको, मापदण्ड मिचेको र पूर्वाधार पुरा नभएका निजी मेडिकल कलेजलाई सम्बन्धन दिएको आरोप पनि लगाएका छन् ।