कृष्ण पाण्डेलाई पीस एम्बेसडर अवार्ड
काठमाडौं : ‘वर्ल्ड पीस अवार्ड २०२४’ नेपालका कृष्ण पाण्डेले प्राप्त गरेका छन् । स्वीडेनको राजधानी स्टकहोम भएको कार्यक्रममा विश्वभरिका ११ अत्यन्त प्रभावशाली व्यक्तिहरूलाई शान्ति, समाज सेवा र सामाजिक सुरक्षा क्षेत्रमा उल्लेखनीय योगदानको मान्यता स्वरूप ’वर्ल्ड पीस एम्बेसडर अवार्ड’ प्रदान गरिएको हो ।पाण्डे जो युनाइटेड इकोनोमिक फोरम, एक्सप्लोर प्रोडक्टिव चेम्बर अफ कमर्स, एक्सप्लोर हेल्थकेयर प्रालि, भेगानो डेली, र इपिसिसि ग्लोबल लिमिटेडका संस्थापक अध्यक्ष हुन् ।
समाजका विभिन्न क्षेत्रहरूमा गरेको योगदानको लागि उनी सम्मानित भएका हुन् ।पुरस्कार पाएपछि पाण्डेले भने, ‘यो पुरस्कार प्राप्त गर्नु मेरो जीवनको एक महत्वपूर्ण क्षण हो, यो पुरस्कार मेरो व्यक्तिगत सफलता मात्र होइन, सम्पूर्ण नेपालको लागि एक ठूलो गौरवको कुरा हो।’
समारोहमा, अमेरिका, स्वीडेन, मंगोलिया, भारत, नेपाल, जर्मनी, फ्रान्स, जोर्डन, युके र मलेसिया लगायतका विभिन्न राष्ट्रहरूका प्रभावशाली व्यक्तिहरूलाई सम्मान गरिएको थियो । उनीहरूको सामाजिक क्षेत्रको योगदान र मानवीय प्रयासहरूलाई पुरस्कृत गर्दै, एक साझा उद्देश्य र मानवीय मूल्यहरूको प्रोत्साहन गरिएको आयोजकले जनाएको छ ।
वर्ल्ड पीस अवार्डुको आयोजना स्टकहोम वर्ल्ड पीस स्वीडेन, वर्ल्ड पीस फाउन्डेसन र विभिन्न देशमा रहेका वर्ल्ड पीस संस्थाहरूको सहयोगमा गरिएको थियो। यो पुरस्कार केवल व्यक्तिगत उपलब्धि होइन, एक वैश्विक समुदायको शान्ति र समृद्धिको यात्रा पनि हो।समारोहको समापनसँगै, उपस्थित सबै अतिथिहरूले विश्वभरिका यी महान व्यक्तिहरूको सम्मानमा खड़ा हुँदै, शान्ति र सामाजिक सुसंस्कृतिको साझा लक्ष्यमा एक साथ काम गर्नको लागि प्रतिबद्धता जनाए।
Share on Twitter