वीर अस्पतालमा २४ घण्टापछि अवरुद्ध विद्युत सुचारु
काठमाडौं : वीर अस्पतालमा २४ घण्टापछि अवरुद्ध विद्युत सुचारु भएको छ । बुधबार बिहान करिब १० बजेदेखि अवरुद्ध विद्युत् बिहीबार बिहान १० बजेपछि सुचारु भएको अस्पतालले जनाएको छ । ट्रान्समिटर पड्केर विद्युत अवरुद्ध भएको जनाइएको छ ।
२४ घण्टा विद्युत् अवरोध हुँदा दन्त विभागको सेवा केही अवरोध भएको थियो । इमर्जेन्सी उपचार सेवामा जेनेरेटरको प्रयोग गरिएको अस्पतालले जनाएको छ ।
आज बिहान विद्युत् सुचारु भएदेखि उपचार सेवा सामान्य अवस्था भएको अस्पतालले जनाएको छ ।
Share on Twitter