देशभर ३० जनामा हैजा पुष्टि
काठमाडौं:नेपालभर ३० जनामा हैजाको संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)ले दिएको पछिल्लो जानकारी अनुसार नेपालमा हैजा संक्रमितको संख्या ३० पुगेको हो।
इडिसीडीका अनुसार ललितपुरमा हैजाका सबैभन्दा बढी संक्रमित फेला परेका छन्। ललितपुर र काठमाडौँमा गरी उपत्यकामा २० जनामा हैजा पुष्टि भएको इडिसिडीले जनाएको छ। यसैगरी कैलालीमा आठ र प्युठानमा दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये सबैभन्दा बढी ७ जना ५ देखि १४ वर्षका बालबालिकालाई रहेको महाशाखाले जनाएको छ। १५ देखि २४ वर्षका ६ जना, २५ देखि ३४ वर्षका ४ जना, ३५ देखि ४४ वर्षका ५ जना, ४५ देखि ५४ वर्षका ५ जना , ५५ देखि ६४ वर्ष र १४ वर्षमुनिका एक–एक जना हैजा देखिएको महाशाखाले पुष्टि गरेको छ।