नर्सहरुको समस्यालाई प्राथमिकतामा राख्न सांसद बिसीको आग्रह
काठमाडौं :राष्ट्रिय सभामा नेकपा एमाले सांसद सुमित्रा बिसीले स्वास्थ्य सेवामा कार्यरत नेपाली नर्सहरुको समस्यालाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन् । सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नर्सिङ क्षेत्रमा लामो समय काम गरेका नर्सहरुको स्तरवृद्धि नहुँदा नर्सहरु अन्यायमा परिरहेको जिकिर गरिन्।
उनले नेपालको स्वास्थ्य ऐन, २०५३ को ९ (क) १ मा भएअनुसार र नियमावली २०५५ को नियमअनुसार स्तरवृद्धि हुनका लागि दुर्गम क्षेत्रको सेवा गर्नुपर्ने प्रावधान रहेपनि दुर्गममा संघीय अस्पताल नहुँदा स्तरवृद्धिको समस्या भएको बताईन । उनले सेवाअनुसार सुगममा सेवा गर्ने हरुलाई पनि स्तरवृद्धि हुनुपर्ने माग गिरन् । सांसद बिसीले रातिको समयमा काम गर्ने स्टाफ नर्सहरुलाई समस्यालाई मध्यनजर गरी उत्साहका साथ काम गर्ने वातावरण मिलाउन पनि आग्रह गरेकी छन् ।