सहज रूपमा मानव अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण
काठमाडौं:नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सहज रूपमा मानव अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले मिर्गौला प्रत्यारोपण गर्न नपाएको कारण कीर्तिपुरका प्रमुखको निधन भएको र उपचारको अभावमा संगितकार गुरुदेव कामदको निधन हुनुभन्दा विडम्बनापूर्ण रहेको बताए।उनले रोग लाग्नुभन्दा पहिले नै निदानको प्रबन्ध गर्न र हरेक विद्यालयमा योग शिक्षकको व्यवस्था गर्न गर्नुपर्ने बताए।
सांसद भण्डारीले शिक्षा प्रणालीमा देखिएको समस्या समाधान गर्न र आगामी दिनमा उत्पन्न हुनै नदिने प्रबन्ध गर्नैपर्ने उल्लेख गरे।