बैकल्पिक चिकित्सालय मन्थली रामेछापको विज्ञापन सच्याउन आयुर्वेद स्वास्थ्यकर्मी समाजकाे माग
काठमाडौं : नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजले बैकल्पिक चिकित्सालय मन्थली रामेछापको विज्ञापन सच्याउन माग गरेको छ । समाजका अध्यक्ष गोकुल पराजुलीले विज्ञप्ति जारी गर्दै बैकल्पिक चिकित्सालय मन्थलीको विज्ञापन प्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
प्रकाशित करार सेवामा लिने सूचनाको क्रम संख्या ५ को विज्ञापनमा बैद्य पदको सुरु नियुक्ति सहायक चौथो तहबाट हुने र न्युनतम शैक्षिक योग्यता मान्यताप्राप्त शिक्षण संस्थाबाट एसएलसी. उतीर्ण गरी एक वर्षको सहायक आयुर्वेद कार्यकर्ता कोर्ष उतिर्ण गरेको हुनुपर्ने छ।
तर कविराज पदको सुरु नियुक्ति सहायक पाचौं तहबाट हुने र न्युनतम शैक्षिक योग्यता मान्यताप्राप्त शिक्षण संस्थावाट आयुर्वेद विषयमा प्रमाणपत्र तह उल्लेख भएकोमा उक्त विज्ञापनमा वैद्य÷कविराजसँगै उल्लेख गरि सूचना प्रकाशन गरिएको भन्दै समाजले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । उक्त पद वैद्य चौंथो वा कविराज पाचौं कुन हो प्रष्ट खुल्नुपर्नेमा एकै डालोमा राखी विगतदेखि नै समग्र आयुर्वेद स्वास्थ्यकर्मीहरुमाथि मानमर्दन गर्न खोजिएको समाजको भनाइ छ।