काठमाण्डौ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि
काठमाडौं:काठमाण्डौ, ललितपुर र कैलालीमा गरी २० जना बिरामीमा हैजा पुष्टि भएको छ । यस वर्ष साउनयता काठमाडौं, ललितपुर र कैलालीका २० जनामा हैजा पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले शहरी क्षेत्रमा बढ्दो जनघनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका घटनाले पानी तथा सरसफाइका पूर्वाधारमा पार्ने नकारात्मक असरले हैजाको सङ्क्रमण देखिएको बताए ।
उनले पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाई तथा खानेकुराको सरसफाईलाई विशेष ध्यान दिन साथै समुचीत चर्पीको प्रयोग र दिसा पिसाब गरिसकेपछि साबुन पानीले मिचीमिची हात धुन आग्रह गरेका छन् । चौलानी पानी जस्तो दिसा हुने, वाकवाकी लाग्ने र बान्ता हुने हैजाको मुख्य लक्षण हुन् । सङ्क्रमणले गम्भीर अवस्थामा पु¥याउँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रङ्ग पहेँलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनसक्ने मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीले बताउनुभयो ।
हैजाका बिरामीलाई तुरुन्तै अस्पताल नपु¥याए ५० प्रतिशतको ज्यान जाने सम्भावना रहने डाक्टरहरु बताउँछन् । झिँगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खुलास्थानका खाद्यपदार्थ नखान, पानीलाई उमालेर वा क्लेरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुका साथै दिसापिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात हुन मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।
Share on Twitter