४ सय ७५ महिला बन्दीहरुका लागि निःशुल्क आँखा तथा दन्त शिविर
काठमाडौं:महिला सुधार गृह, सुन्धारामा ४ सय ७५ महिला बन्दीहरुका लागि निःशुल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । रोटरी क्लव अफ महाराजगन्ज तथा केन्द्रीय कारागार अस्पताल सुन्धाराको संयुक्त आयोजनामा आँखा तथा दंत परिक्षण गरिएको हो ।
शिविरमा २५० जना महिलाले आफ्नो आँखा परीक्षण गराएका छन् भने २३० जना महिलाले दन्त परीक्षण गराएको केन्द्रीय कारागार अस्पतालका प्रमुख तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।
आँखा परीक्षणपश्चात आवश्यक पर्ने १६० वटा विभिन्न पावरका चस्मा तथा आवश्यकता अनुसारका औषधि वितरण गरिएको थियो। केन्द्रीय कारागार अस्पताल र किर्तिपुर आँखा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले परिक्षण गरेका थिए।शिविरमा आँखा कसरी शुरक्षित राख्ने भन्ने सन्दर्भमा किर्तिपुर आँखा अस्पतालका अध्यक्ष प्राध्यापक डा सविना श्रेष्ठले र दाँत कसरी शुरक्षित राख्ने भन्ने सन्दर्भमा केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश बुढाथोकीले अभिमुखिकरण दिएका थिए।
Share on Twitter