सांसदहरुको प्रश्न : नागरिकमाथि राज्यले नै विभेद गर्न मिल्छ ?
काठमाडौं: प्रतिनिधि सभा बैठकको शुन्य समयमा सांसदहरुले समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन् । आईतवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले विभिन्न विषयहरुमाथि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रतिनिधि सभा सदस्य अनिशा नेपालीले सडक दुर्घटना र हवाई दुर्घटनामा निधन हुनेहरुप्रति सरकारले विभेद गरेको बताइन् । सिमलतालमा बस दुर्घटना हुँदा मन्त्रिपरिषद्बाट शोक प्रश्ताव पारित नगरिएको तर हवाई दुर्घटना हुँदा शोक प्रश्ताव पारित गरी राष्ट्रिय झण्डा झुकाइएको भन्दै यसप्रति सरकारसँग जवाफ माग गरेकी छन् । प्रतिनिधि सभा सदस्य अमृतादेवी अग्रहरीले देशमा नीति, ऐन, कानूनहरु धेरै भएपनि कार्यान्वयनमा कमी भएको बताएकी छन् ।
राज्यको तल्लो निकायदेखि माथिल्लो निकायसम्म ऐन, कानून बाँझिएको उनको भनाइ छ । यस्तै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आजसम्म संसदमा कुरा उठाइएका चर्चित भ्रष्टाचार काण्डहरुको निष्पक्ष र पारदर्शी छानविन गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभा सदस्य अशोककुमार चौधरीले नेपालीलाई भुटानी शरणार्थीलाई मन्त्री बनाइएको बताए । प्रतिनिधि सभा सदस्य असिम साहले जहाज दुर्घटनासँगै प्राधिकरण, मानविय समवेदना र मिडिया समेत घाइते भएका टिप्पणी गरे ।प्रतिनिधि सभा सदस्य छिरिङ डम्डुल लामा भोटेले मौद्रिक नीति कर्णालीका जनताका लागि विभेदकारी भएको बताएकी छन् ।
Share on Twitter