काठमाडौंमा तीन जनामा हैजा संक्रमण
काठमाडौं:काठमाडौंमा तीन जनामा हैजा संक्रमण पुष्टि भएको छ। काठमाडौंको कालीमाटी क्षेत्रमा बसोबास गर्ने तीन जना पुरुषमा हैजा पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा अर्जुन सापकोटाले जानकारी दिए ।
उनका अनुसार तीनै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका इमर्जेन्सी इन्चार्ज भालेश्वर यादवका अनुसार उपचाररत तीनै जनाको अवस्था सामान्य रहेको छ।
यसअघि पनि ललितपुर र कैलालीमा पनि हैजा संक्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
Share on Twitter