निर्मला पन्त हत्याको ६ बर्ष : १२४ जनाको डीएनए परिक्षण
काठमाडौं:कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको ६ वर्ष पूरा भएको छ । यो ६ वर्षको अवधिमा ५ जना गृहमन्त्री र प्रहरी प्रमुख फेरिए, ६ वटा समिति नै बने, तर अहिलेसम्म हत्याराको अत्तो पत्तो छैन ।
अनुसन्धानका क्रममा अहिलेसम्म १२४ जनाको डीएनए परिक्षण गरिएको छ । सम्भवत एउटा घटनामा यति धेरै व्यक्तिको डिएनए परिक्षण भएको यो पहिलो घटना होला । १० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । यो ६ वर्षको अवधिमा अहिलेसम्म ६५५ जनासँग सोधपुछ गरिएको छ ।
प्रत्यक्ष व्यक्ति भेटेरै ६५५ जनासँग सोधपुछ गरिएको पन्तको अनुसन्धान विवरणमा प्रहरीले समावेश गराएको छ । यो घटनाको अनुसन्धानमा राज्यको ३२ लाख ९० हजार खर्च भइसकेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।
Share on Twitter