प्रतिनिधि सभामा डेंगी रोगको न्युनिकरण तथा रोकथामसम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रश्ताव पेश
काठमाडौं:प्रतिनिधि सभामा डेंगी रोगको प्रकोप न्युनिकरण तथा रोकथामसम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रश्ताव पेश भएको छ । नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सो प्रश्ताव पेश गरेकी हुन् ।
उनले डेंगी रोगको प्रकोप तिब्र रुपमा देशभरी फैलिई जनस्वास्थ्य संकट उत्पन्न हुन गई अस्पतालमा गम्भिर अवस्थाका बिरामीहरु भर्ना हुने संख्यामा वृद्धि, समाजमा डर र त्रास उत्पन्न भएकाले डेंगीको प्रभावकारी नियन्त्रण एवं भविष्यमा सृजना हुने गम्भिर र दीर्घकालीन असर न्युनिकरण तथा रोकथामका लागि सरकारलाई निर्देशन दिन अपरिहार्य भएकाले सरकारलाई सचेत गराउन सो प्रश्ताव पेश गर्नुपरेको बताइन् ।
उनले भनिन् ‘डेंगीको प्रकोप तिब्र रुपमा देशभरी फैलिई जनस्वास्थ्य संकट उत्पन्न हुन गई अस्पतालमा गम्भिर अवस्थाका विरामीहरु भर्ना हुने संख्यामा वृद्धि, समाजमा डर र त्रासको माहौला उत्पन्न भएकाले डेंगीको प्रभावकारी नियन्त्रण, एवं भविष्यमा सृजना हुने गम्भिर र दीर्घकालीन असर न्युनिकरण तथा रोकथामका लागि सरकारलाई निर्देशन दिन अपरिहार्य भएकालेसो प्रश्ताव आफूले पेश गर्नुपरेको हो ।’
सो प्रश्तावमा सांसदहरु कुसुमदेवी थापा, सपना राजभण्डारी, सीता मिजार र लिलादेवी बोखिम लिम्बू समर्थक रहेका छन् ।
Share on Twitter