ललितपुरका एक बालकमा हैजा पुष्टि
काठमाडौं:ललितपुरका १६ वर्षीय बालकमा हैजा पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा उपचाररत १६ वर्षीय बालकमा हैजा पुष्टि भएको जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ ठैवको ठैवस्थित एक पुनर्स्थापना केन्द्र (रिह्याबिलिटेसन सेन्टर) बस्ने बालकमा हैजा पुष्टि भएको हो। साथै सोही ठाउँका अर्का एकजनामापनि हैजाको आशंका गरिएको छ । उनको रिर्पोट आउन बाँकी छ । हाल उनी आइसियुमा उपचाररत छन् ।
बसौला भन्छन् “सोही ठाउँबाट हैजाका लक्षण लिएर चार जना युवा आउनुभएको थियो एक जनामा हैजा पुष्टि भयो। अर्को एक जनाको रिपोट कल्चरको लागि दिइएको छ। दुई जना सोमबार राति अस्पतालबाट भाग्नुभयो।”
पछिल्लो समय अस्पतालमा झाडा पखाला भएर दैनिक करिब १० जनाको हाराहारीमा बिरामी उपचारका लागि आउने डा. बसौलाले बताए ।
Share on Twitter