काठमाडौँको ढल मिसिएको पानीमा पोलियो भाइरस भेटियाे
काठमाडौँ: काठमाडौँको ढल मिसिएको पानीमा पोलियोको परिवर्तित भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) भेटिएको छ । टुकुचा र वाग्मती मिसिएको खोलाको पानी परीक्षण गर्दा सो भाइरस देखिएको हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा.अभियान गौतमका अनुसार २६ मे २०२४ मा संकलन गरिएको नमुनामा भाइरस रहेको पुष्टि भएको हो ।
नेपालमा पोलियो मुक्त घोषणा भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको डा. गौतमले बताए । वाग्मती र टुकुचा किनारसहित अन्य शंकास्पद स्थानको पानीको नमुना संकलन गरी परीक्षणका निम्ति विश्व स्वास्थ्य संगठनको बैंककस्थित प्रयोगशालामा पठाइएको डा.गौतमले जानकारी दिए
भाइरस भेटिएपछि सरकारले साउन ९ गतेदेखि १२ सम्म उपत्यकामा विशेष पोलियो खोप अभियान सुरू गर्ने भएको हो।
काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललिपुरका जन्म देखि ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई लक्षित पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
Share on Twitter