केडीसीमा बन्यो न्युरोमस्कुलर डेन्टिष्ट्रि विभाग
काठमाडौँ:बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज (केडीसी)ले न्युरोमस्कुलर डेन्टिष्ट्रि विभाग सञ्चालनमा आएको छ । अनुहारको हाड जोर्नी (टीएमजी)को समस्या मोटोपन वा अन्य कारणले घुर्ने समस्या, टाउको अनुहार दुख्ने समस्या, दाँत एवं अनुहारको आकृति नमिलेको समस्या, खेलकुद सम्वन्धि दन्त चिकित्सक जस्ता समस्याहरुको लागि विना शल्यक्रिया वा शल्यक्रियासहितको उपचार सेवा दिनका लागि यो विभाग खोलिएको केडीसीले जनाएको छ ।
विश्वचर्चित संस्था इन्टरनेशनल कलेज अफ क्रेनियोमाण्डीबुलर अर्थोेडिक्स (आईसीसीएमओ) अन्तर्गत विश्वको विभिन्न ठाउँमा स्थापित शाखा संस्थामा तालीम तथा फेलोसिप लिएका चिकित्सकहरुले सेवा दिने बताइएको छ । नयाँ सेवाका लागि दन्त विशेषज्ञ चिकित्सहरु डा. अंकित शाह, डा. प्रतिक्षा श्रेष्ठ र बरिष्ठ क्रेनियोफेसियल सर्जन डा. सुमित सिंह क्रियाशिल रहने केडीसीले जनाएको छ ।
केडीसीमा विसं २०७३ साल देखि नै आथ्र्रोस्कोपी, दाग विनाको टीएमजे सर्जरी र टीजेआर (अनुहारको हाड जोर्नी प्रत्यारोपण) जस्ता सेवाहरु सञ्चालनमा छ । तर यसपटक आफूहरुले यी सेवालाई थप परिस्कृत गर्नका लागि विश्वकै उत्कृष्ठ मानिने ‘के ७’ भनिने ज ट्रयाकर, ‘जे ५’ टेन्स, ओक्लुसेन्स, निद्रा तथा घुर्ने समस्या अध्ययन गर्ने जस्ता नयाँ उपकरण भित्र्याएको अध्यक्ष डा. श्रेष्ठले बताए । नेपालमा करीब दश मध्ये ४ अर्थात ४० प्रतिशतमा अनुहारको हाडजोनी (टीएमजे)को समस्या देखिन्छ । तर यी बिरामीहरु समयमै उपचारका लागि सही ठाउँमा पुग्न सकेका छैनन् ।
Share on Twitter