मेडिकल काउन्सिलको विशेष परीक्षा साउनमा

काठमाडौं:नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षा गर्ने भएको छ । आगामी साउन १७ र १८ गतेकालागि परीक्षाको मिति तोकिएको छ ।
काउन्सिलको परीक्षामा सहभागी हुन चाहनेले असार १० गतेदेखि ३० गतेसम्मा आवेदन दिन सक्नेछन्। विलम्ब शुल्क तिरेर असार ३१ र साउन १ गते पनि आवेदन दिन सक्ने बताइएको छ।
आवेदन भर्ने र बुझाउन २४ घन्टै खुला हुने बताइएको छ । परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा हुनेछ ।