सुदर्शन देवकोटा स्मृति राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार पत्रकार रामप्रसाद न्यौपानेलाई

काठमाडौं:सुदर्शन देवकोटा स्मृति चौथो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार रामप्रसाद न्यौपाने पुरस्कृत भएका छन् । शनिबार काठमाडौंमा एक कार्यक्रम गरी ३३ हजार ३३३ रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको हो । बरिष्ठ पत्रकार स्वर्गीय सुदर्शन देवकोटाको स्मृतिमा शारदा सुदर्शन देवकोटा फाउन्डेशन र स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा हरेक वर्ष पुरस्कार प्रदान गरिदै आएको छ ।
काठमाडौँमा आज आयोजित विशेष समारोहमा न्यौपानेलाई कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की, फाउण्डेशनका अध्यक्ष डा. सुधा देवकोटा र मञ्चका अध्यक्ष सरोज ढुंगेलले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री कार्कीले पत्रकारहरुको कलमको शक्ति ठूलो हुने भएकाले सहि ठाउँमा सदुपयोग गर्न आग्रह गरे । समाज पत्रकारिताले प्रभाव पार्न सम्नेभएकाले समाजको हितहुने बिषयलाई पत्रकारले महत्तव दिनुपर्ने उनको सुझाव छ ।
उनले पत्रकारिता क्षेत्र संवेदनशील भएकाले उनले बताए । उनले शारदा सुदर्शन देवकोटा फाउण्डेशनले स्वास्थ्य पत्रकारहरुलाई सम्मान गर्ने थालनी गरेकोमा खुशी व्यक्त गर्दै यसले पत्रकारहरुलाई प्रोत्साहन तथा सकारात्मक उर्जा प्रदान गर्न मद्धत मिल्ने बताए ।कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष डा. देवकोटाले आफ्नो बाबा पत्रकार रहेको र पत्रकारिता सम्मानित पेशा हो भन्ने आफूहरुलाई बुझाएको भन्दै बुबाको सम्झनामा मञ्चसंग जोडिएको बताईन् । ‘आज म छु बुबाकै कारण छु , उहाँले पत्रकारिता सम्मानित पेशा हो भनेर हामीमा छाप छोडेर जानु भयो । त्यसैले उहाँको सम्मानमा हामी छोराछोरीले पत्रकारितासंग कुनै न कुनै रुपमा जोडिएका हौँ ‘ उनले भनिन् ।
उनले पुरस्कारबाट स्वास्थ्य पत्रकारितामा थप निखारता आउने विश्वास गरिन । कार्यक्रममा पाटन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति प्राडा संगिता भण्डारीले फाउण्डेशन र मञ्च मिलेर गरेको काम उदाहरणीय भन्दै यसलाई थप परिस्कृत गर्दै लैजानु पर्ने बताईन् । उनले आगामी दिनमा स्वास्थ्य पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि समेत फाउण्डेशन र मञ्चले काम गर्न सक्ने बताईन् ।यस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष रोजिना प्रधान राईले फाउण्डेशन र मञ्चको सहकार्यलाई अन्तराष्ट्रिय रुपमा पनि लैजान सकिने बताईन ।
उनले स्वास्थ्य सचेतनामा मञ्च र स्वास्थ्य स्वास्थ्य पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भन्दै एनआरएन पनि अभियानमा जोडिन सकिने बताईन । कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्यमा क्रियाशिल पत्रकारहरुलाई प्रोत्साहन गर्ने कार्यमा फाउण्डेशनसंग सहकार्य गरेको भन्दै भविस्यमा यसको दायरा अझ फराकिलो बनाई अघि बढ्ने बताए ।
उनले कोभिडको मध्य तिरबाट फाउण्डेशनसंग सहकार्य गर्दै आइरहेको भन्दै चौथो संस्करणसम्म आईपुग्दा यसले नयाँ उचाई प्राप्त गरेको बताए । कार्यक्रममा पुरस्कृत पत्रकार न्यौपानेले सम्मान तथा पुरस्कारले पत्रकारहरुमा थप हौसला र उत्प्रेरणा जाग्ने भन्दै आफूलाई छनौट गरेकोमा आयोजक प्रति आभार व्यक्त गरे ।