सरुवा रोग अस्पतालको निर्देशक बने डा युवानिधि बसौला
काठमाडौं : टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक डा युवानिधि बसौला आजदेखि अस्पतालमा हाजिर भएका छन् ।
स्वास्थ्य मन्त्री प्रदीप यादवले बुधबार मन्त्रीस्तरिय निर्णय गर्दै डा बसौलालाई अस्पतालको आर्थिक तथा प्रशासनिक अधिकारसहितको निर्देशकको जिम्मेवारी दिएका हुन् । मन्त्री यादवले गत जेठ ११ गते डा बसौलालाई कान्ति अस्पतालमा सरुवा गरेका थिए।
तर उक्त निर्णयको तीन सातापछि बुधबार डा बसौलालाई पुनः टेकुमा फिर्ता पठाइएको हो । सरुवा रोग अस्पतालमा निर्देशक रहेका डा रोशन न्यौपानेलाई स्वास्थ्य सेवा विभागमा पठाइएको छ।
Share on Twitter