कैलाश सिरोहिया हाजिर जमानीमा रिहा

काठमाडौँ:कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा रिहा भएका छन् । नागरिकतासम्बन्धी मुद्दामा हिरासतमा रहेका सिरोहियालाई हाजिर जमानीमा छाड्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवाले बताए ।छोरा सम्भव सिरोहियाले उनको जमानत लिएका छन् ।
फौजदारी कार्यविधि संहिताको दफा १५ उपदफा (१) अनुसार परिवारको सदस्यको जमानतमा आरोपीलाई हिरासतमुक्त गर्न मिल्ने व्यवस्था छ । सोमबार जिल्ला अदालत धनुषाले उनलाई तेस्रो पटक ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । स्वास्थ्य समस्याको कारण सिरोहिया ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् ।