मोरङमा ५२ हजार बढी बालबालिकालाई आइपिभी खोप
काठमाडौं:मोरङमा यस वर्ष ५२ हजार तीन सय ५२ बालबालिकाका लागि आइपिभी खोप अभियान सञ्चालन हुने भएको छ । जेठ १३ देखि २६ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।
जनस्वास्थ्य प्रमुख डा सुरेश मेहताले विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप सञ्चालनमा रहेको जानकारी दिए । स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत भरत भण्डारीले २०७३ वैशाखदेखि २०७५ असोजसम्ममा पोलियो खोप खुवाउन छुटेका बालबालिकालाई यो खोप खुवाउने र यसका लागि मोरङमा छ सय ७२ वटा केन्द्र निर्धारण गरिएको जानकारी दिए ।
Share on Twitter