कांग्रेसको अवरोधकाबिच स्वास्थ्यमन्त्री नियुक्तिबारे संसदलाई जानकारी
काठमाडौं:सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको अवरोधकाबिच मन्त्रीपरिषद बिस्तारबारे संसदलाई जानकारी गराएका छन् । उनले मन्त्रीपरिषद बिस्तारबारे राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका हुन् ।
नेपाली कांग्रेसको चर्को नाराबाजिकाबिच सभामुखले पत्र पढेर सुनाएका हुन् । सभामुख घिमिरेले स्वास्थ्य मन्त्री प्रदिप यादव, स्वास्थ्य राज्य मन्त्री हसिना खान नियुक्त गरिएको पत्र पढेर सुनाएका हुन्। नेपाली कांग्रेसले सहकारी पिडितलाई न्याय माग्दै संसद अवरोध गरिरहेको छ ।
तर सभामुख घिमिरेले भने पेलेरै अघि बढेका छन् । कांग्रेसको सहमतिविना गृहमन्त्री रवि लामिछानेलाई समय दिएपछि कांग्रेस आक्रोसीत बनेको थियो ।तर, कांग्रेसले वेल घेरिरहेको अवस्थामा उनी अघि जान सकेनन्। दुई पक्षकै सांसद् वेलमा पुगेपछि स्थिति नियन्त्रण बाहिर जान थालेको थियो। सभामुखले हतार–हतार बैठक स्थगित भएको बताए ।