पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम संचालन गर्न जनशक्ति माग
पोखरा : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस कार्यक्रम संचालन गर्न जनशक्ति (फ्याकल्टी) माग गर्दै आवेदन खुलाएको छ।
प्रतिष्ठानले एनाटोमी, बायोकेमेस्ट्री, माइक्रोबायोलोजी, साइकोलोजी, फर्माकोलोजी, कम्युनिटी मेडिसिन, अप्थाल्मोलोजी, जिपी तथा इमजेन्सी मेडिसिन विषयमा प्रोफेसर, असोसियट प्रोफेसर र असिस्टेन्ट प्रोफेसर पदका लागि आवेदन माग गरेको हो। इच्छुक व्यक्तिहरुले आफ्नो बायोटाडा सहित प्रतिष्ठानको इमेल ठेगानामा आवेदन दिन सक्नेछन्।
सरकारले जेठ एक गते (हिजो) सरकारको आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका चिकित्सा शास्त्रको स्नातक तहको अध्ययन सुरु गर्ने घोषणा गरेको थियो।
Share on Twitter