उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश :निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्नु
काठमाडौं:पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट फुटाएर बनाइएको जनता समाजवादी पार्टी विभाजनको निर्णय यथास्थितिमा राख्न आदेश दिइएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले जेठ ८ गते अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने निर्णय गर्दै हालका लागि निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश गरेको हो ।
जसपा नेपालबाट अशोक राई नेतृत्वमा ७ जना सांसदसहित विभाजित भएर अर्को पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको थियो। निर्वाचन आयोगले वैशाख २४ मा दल दर्ता गरेको थियो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन गर्ने निर्वाचन आयोगको निर्णयबिरुद्ध रिट दायर गरेका थिए ।
Share on Twitter