पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप सेवा जिल्ला अस्पतालमा
काठमाडौं:सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ ।
पाठेघरको मुखको क्यान्सर रोग रोकथामका लागि निशुल्क स्क्रिनिङ कार्यक्रम र १० देखि १४ बर्ष उमेर समूहका बालिकालाई दिईने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप खोप सेवालाई जिल्ला अस्पतालसम्म विस्तार गर्ने बताइएको छ ।
गत वर्ष मात्रै १० देखि १४ बर्ष उमेर समूहका करीव १० हजार बालबालिकालाई एचपीभी खोप समेत दिएको थियो ।
Share on Twitter