परोपकार प्रसूति अस्पतालमा ईको कार्डियोग्राफी सेवा
काठमाडौं:परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आजदेखि बच्चा र आमाको ईको कार्डियोग्राफी सेवा सुरू हुँदैछ। यस अघि गंगालाल लगायत अन्य निजी अस्पतालमा पुगेर यो सेवा लिनुपथ्र्यो । गर्भवती आमा र पेटमा रहेको बच्चाको मुटुको अवस्था बुझ्न ईको कार्डियोग्राफी गर्नुपर्ने बताईको छ ।
आज बेलुका ५ बजेपछि ’इको कार्डियोग्राफी’ हुने छ भने यसको लागि टिकट भने ३ बजे खुल्ने डा. अधिकारीले जानकारी दिए । गर्भवती तथा अन्य महिलाको ‘इको कार्डियोग्राफी’ आइतबार, मंगलबार र बिहीबार हुनेछ भने गर्भमा रहेको शिशुको ‘इको कार्डियोग्राफी’ सोमबार, बुधबार र शुक्रबार लिन सकिन्छ । डा अधिकारीले यस सेवाले अस्पतालमा आउने गर्भवती महिलालाई सहज हुने विश्वास लिइएको बताए।
Share on Twitter