कोशी प्रदेश स्वास्थ्य सचिवको जिम्मेवारी डा राधिका थपलियालाई
काठमाडौं:कोशी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी डा राधिका थपलियाले पाएकी छन्। २७ बैशाखको मन्त्रिपरिषद् बैठकले उनलाई कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिव पदको जिम्मेवारी दिने निर्णय गरेको हो।
यस अघी स्वास्थ्य सचिव रहेकी डा सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फिर्ता भएकी छन्। डा थपलिया स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन ईकाई प्रमुखको जिम्मेवारीमा थिइन्।
Share on Twitter