एमबीबीएसका दुई विषयको पुन: परीक्षा लिँदै केयू
काठमाडौं:काठमाडौं विश्वविद्यालय (केयू)ले एमबीबीएसका दुई विषयको पुनः परीक्षा लिने भएको छ । परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक भएको भन्दै फेरी परिक्षा लिन लागेको हो ।
एमबीबीएस फाइनल अन्तर्गत मेडिसिन एन्ड एलाइड (डर्माटोलोजी) १ र थर्ड एमबीबीएसको कम्युनिटी मेडिसिन विषयको परीक्षा पुन हुने भएको हो। केयू परीक्षा नियन्त्रण कार्यालयले अंग्रेजी क्यालेन्डर अनुसार मे ५ र १० मा लिएका दुई विषयको परीक्षा पुनःलिन लागेको जनाएको छ ।
नयाँ परीक्षा कार्यतालिका अनुसार अब फाइनल एमबीबीएसको मेडिसिन एण्ड एलाइड (डर्माटोलोजी) १ को आगामी मे १६ मा बिहान १० देखि दिउसो १ बजेसम्म र थर्ड एमबीबीएसको कम्युनिटी मेडिसिन विषयको मे १६ मा दिउसो २ देखि २ः३० बजेसम्म परीक्षा हुने छ।
यी दुई विषको प्रश्नपत्र बाहिरिएको परीक्षा समितिले ठहर गरेपछि पुनःपरीक्षा लिन लागिएको केयू स्कुल अफ मेडिसिनले जनाएको छ। प्रश्नपत्र आउट भएको विषयमा आवश्यक छानबिन भइरहेको पनि डीन कार्यालयले जनाएको छ ।
Share on Twitter