जिल्ला अस्पताल बैतडीमा आकस्मिक बाहेकका सबै सेवा बन्द
काठमाडौं:जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । विभिन्न माग राख्दै चिकित्सक र स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलित भएका छन् । काम गरेको अतिरिक्त भत्ता नपाएको विरोधमा आन्दोलनमा उत्रिएका हुन् ।
प्रदेश सरकार सुदूरपश्चिम सरकारले आफूहरुको मागको सुनुवाई नगरेको भन्दै सेवा ठप्प गर्नु परेको निमित मेसु हरिचन्द्र बिष्टले बताए। अतिरिक्त समय र सार्वजनिक बिदाको दिन गरेको कामको अतिरिक्त भत्ता नपाएकाले आन्दोलनमा उत्रिनुपरेको डा सुरेस नेपालीले बताए । उनले भने, ‘प्रदेशले बेला बेला दिन्छु दिन्छु भनेर ११ महिला हामीलाई ठगेको छ। भोको पेटमा काम गर्ने सकिँदैन।’
डा हरिशचन्द्र विष्टका अनुसार चालु आर्थिक वर्षमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अतिरिक्त भत्ता, जोखिम भत्ता लगायतका सुविधाहरु नपाएको र बेलाबेलामा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएपछि आन्दोलनमा उत्रिनुपरेको हो।अस्पताल विकास समितिका अध्यक्ष पार्वती भट्टले सामाजिक विकास मन्त्रालयले रकम निकासा नदिँदा समस्या भएको बताइन्। यो समस्याका विषयमा मन्त्रालयको पटक–पटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएको उनले जानकारी दिइन्।
Share on Twitter