अस्ताए जिम साइमन्स !
काठमाडौं:नेपालको स्वास्थ्यमा योगदान गरिरहेको निक साइमन्स इन्सिच्युटका संस्थापक जिम साइमन्सको निधन भएको छ । साइमन्सको अमेरिकाको म्यानहट्टनस्थित आफ्नै निवासमा ८६ वर्षको उमेरमा शुक्रबार निधन भएको रोयटर्सले जनाएको छ । साइमन्स गणित विज्ञ तथा अमेरिकाकै धनी मध्येका एक हुन् ।
उनले गणितका क्वान्टम फिल्ड थ्यौरी, स्ट्रिङ थ्यौरी लगायत पत्ता लगाएका थिए। उनले सन् १९७५ मा ज्यामितिबाट अमेरिकाको राष्ट्रिय पुरस्कार पाएका थिए।
गणितलाई नै प्रयोग गरेर उनले ४० वर्षको उमेरमा लगानी क्षेत्रमा पाइला राखेका थिए। त्यही सुत्रबाट वार्षिक ६६ प्रतिशतसम्म उनको कम्पनीले नाफा हासिल गरेको थियो। उनीसँग हाल ३१ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको बताइएको छ। साइमन्सले नेपालको ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग गर्दै आएका थिए । नेपालमा उनी छोरा निक साइमन्सका कारण आइपुगेका थिए।
Share on Twitter