ट्रामाडोल र टापेन्टाडोल औषधि मनोद्दीपक औषधिको सूचीमा
काठमाडौं:सरकारले ट्रामाडोल र टापेन्टाडोल औषधिलाई मनोद्दीपक औषधिको सूचीमा समावेश गरको छ । गृह मन्त्रालयको प्रस्तावमा बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई औषधिलाई मनोद्दीपक औषधिको सूचीमा समावेश गर्ने निर्णय गरेको हो ।
दुखाई कम गर्ने औषधिको रुपमा चिनिएको यी दुई औषधिहरुका एकल वा समिश्रण औषधिहरुलाई लागू औषध (नियन्त्रण) ऐन २०३३ को दफा ३ को खण्ड (क) को उपखण्ड ७ बमोजिम मनोद्दीपक औषधिको सूचीमा समावेश गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन् ।
‘पहिले यसको दुरुपयोग हुँदा औषधि ऐन अनुसार कार्वाही गर्नु पर्दथ्यो अब चाहि लागू औषध (नियन्त्रण) ऐन २०३३ अनुसार हुने भयो,’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले भने ।
Share on Twitter