जनस्वास्थ्य प्रशासक डा भीमप्रसाद सापकोटा एघारौं तहमा बढुवा
काठमाडौं:वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भीमप्रसाद सापकोटा एघारौं तहमा बढुवा भएका छन्। लोकसेवा आयोगले उनलाई एघारौं तहका लागि सिफारिस गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत उनी नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह एघारौं तह, प्रमुख जनस्वास्थ्य प्रशासक पदमा सिफारिस भएका हुन्।
तीन जना प्रतिष्पर्धीमध्ये वैकल्पिक उम्मेदवारका रुपमा भुवन पौडेल सिफारिस भएका छन्।
Share on Twitter