प्रधानमन्त्री दाहालको रुट क्यानल ट्रिटमेन्ट विधिबाट उपचार सुरु
काठमाडौं:प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड बुधबार अपराह्न वीर अस्पताल पुगेका छन् । उनी दाँतको उपचार गराउनका लागि वीर अस्पताल पुगेको सचिवालयले जनाएको छ ।
परीक्षणको क्रममा दुईवटा दाँतमा किराले खाने समस्या देखिएको छ । चिकित्सकको टोलीले आजैबाट रुट क्यानल ट्रिटमेन्ट (आरसीटी) विधिबाट उपचार थालेका छन् ।

डा रितु श्रेष्ठ नेतृत्वको टोलीले उनको उपचार गरिरहेको छ । ‘आज बिहानदेखि दात दुखिरहेपछि वीर अस्पतालमा उपचारका लागि आउनु भएको हो’, प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।
आजै प्रधानमन्त्री प्रचण्ड सुनकोसी मरिन डाइभर्सनको सुरुङ ब्रेक थ्रुका लागि सिन्धुली पुगेका थिए । त्यहाँबाट फर्किएपछि उनी अस्पताल पुगेका हुन् ।
Share on Twitter