वर्षाका कारण वायु प्रदुषण न्युनिकरण
काठमाडौं:काठमाडौं उपत्यका लगायतका देशका विभिन्न ठाँउको वायु प्रदूषण घट्दै गएको छ । हिजोदेखि सुरु भएको वर्षाका कारण प्रदुषण न्युनिकरण भएको हो ।
एयर क्वालिटी इन्डेक्सको आजको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १२७ छ।वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) गत शनिबार १९२, आइतबार १७६, सोमबार १५६ पुगेको थियो । वायु प्रदूषण घटेर आज वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १२७ पुगेको हो।
विपत व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि एक्युआइ ५० राम्रो अर्थात् हरियो सङ्केतले चिनिन्छ। “५१ देखि एकसयसम्मको एक्युआइलाई होसियार रहौँ अथवा पहेँलो सङ्केतले चिनिन्छ। यसैगरी १०१ देखि १५० सम्मलाई अस्वस्थ जसमा स्वाशप्रस्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ ।” उनले भने, “१५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ। २०१ देखि ३०० लाई धेरै अस्वस्थको रुपमा लिइन्छ र ३०१ देखि ४०० लाई खतरनाक र ४०१ देखि ५०० लाई धरै खतरा मानिएको छ ।
काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआई को मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने बताएको छ।
Share on Twitter