बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ
काठमाडौं:बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या, स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको हो ।
अहिले उनको नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भईरहेको मुख्यमन्त्रीका स्वकीय सचिव उपेन्द्र जम्कट्टेलले बताए । रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जाँदै गर्दा उनी अस्वस्थ भएका थिए।
स्वास्थ्यमा समस्या भएपछि उनलाई तत्काल सिन्धुली अस्पताल लगिएको थियो। सिन्धुली अस्पतालका चिकित्सकको परामर्श पछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो।
Share on Twitter